• मंसिर १३ २०८१, बिहीबार

सिन्धुली बस दुर्घटना: दुई जनाको मृत्यु ४५ जना घाइते

आश्विन २२ २०८१, मंगलवार

काठमाडौं । सिन्धुली बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

सोमबार काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी–५ स्थित द्वार खोलाको पुलमा ठोक्किएको थियो ।  दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुषको मृत्यु भएको हो । बुद्धिमानको साथमा भएको एटिएम कार्ड र खोटाङ यातायात प्रालिको टिकटको आधारमा पहिचान भए पनि अर्का मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा चालक सहित ४५ जना घाइते भएका थिए । २८ जना भने उपचार भएपछि घर फर्किएका छन् ।

बाँकी घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकी, धरानको घोपा अस्पताल र जानकी हेल्थकेयरमा उपचार भइरहेको छ । घोपा अस्पतालमा १२ जना, जानकी हेल्थ केयरमा ४ जना र कपिलाकोट स्वास्थ्य चौकीमा १ जनाको उपचार भइरहेको छ ।