• कार्तिक ३ २०८१, शनिबार

यस्ता छन् रातो मासु खाँदा हुने असरहरु :

आश्विन २२ २०८१, मंगलवार

दसैँमा धेरै मासु खाने बानी हुनसक्छ, अनि भुटेर, तारेर, पोलेर, डढाएर मासु खाने प्रचलन पनि हाम्रो समाजमा देखिन्छ ।
एकैपटक धेरै मासु खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । भुटेर, तारेर, पोलेर मासु खाएमा क्यान्सर हुन सक्ने क्यान्सर रोग विशेषज्ञहरु बताउँछन् । रातो मासु खाँदा मुटुसम्बन्धी रोग तथा क्यान्सरको जोखिम बढ्ने र स्वास्थ्यमा गम्भीर असर पर्ने पर्दछ ।

– मुटु रोगको खतरारातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ ।

– गुदद्वारको क्यान्सररातो मासु खाने मानिसमा गुदद्वारको क्यान्सर हुन सक्छ । सम्भावित क्यान्सरबाट बच्न विज्ञले रातो मासुको सट्टा माछा खान सुझाएका छन् ।

– मधुमेहको कारकरातो मासु मधुमेहसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत बढि हुने विज्ञहरु बताउँछन् ।

– युरिक एसिडरातो मासुमा चिल्लो बढी हुन्छ, जसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।