• मंसिर ११ २०८१, मंगलवार

खानापछि फलफूल खानु कतिको उचित ?

आश्विन २१ २०८१, सोमबार

आयुर्वेदका अनुसार जब तपाईं खाना खानु हुन्छ त्यसलगत्तै फलफूल खानु पाचनक्रियाको लागि राम्रो होइन ।

प्राचीन चिकित्सा प्रणालीले सुत्नुभन्दा कम्तिमा ३–४ घण्टा पहिला डिनर गरिसक्नु पर्ने बताउँछ । यदि तपाईंले फलफूल तथा खाना एक साथ खानु भयो भने तपाईंको शरीरले पहिला फलफूललाई पचाउँछ र त्यसपछि खानालाई पचाउँछ । जसका कारण पेट खराब हुने समस्या हुनसक्छ र साथै तपाईंको शरीरले खानाको आवश्यक पोषणको फाइदा पनि उठाउन पाउँदैन ।यहाँनेर, कतिपय मानिसहरुको भनाइ के छ भने सुत्नुभन्दा पहिला फलफूल खानाले राम्रो निद्रा पर्छ । तर, वास्तविकता त्यसको ठिक विपरित हुन्छ । फलफूलले शरीरमा चिनीको मात्रा बढाउँछ । जसले तपाईंको उर्जालाई बढाइदिन्छ र राति सुत्दा तपाईंलाई अफ्ट्यारो हुन सक्छ । तर, यसको अर्थ राति फलफूल खानै हुँदैन भन्ने चाहिँ होइन । यसलाई समय मिलाएर राति पनि खान सकिन्छ । तपाईंले रातिको खाना खाएको कम्तिमा ४५ मिनेटपछि कुनै फलफूल खान सक्नु हुन्छ ।