• आश्विन २१ २०८१, सोमबार

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता

आश्विन २० २०८१, आईतवार

२० असोज, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् । सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो । त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए । प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।