• आश्विन १९ २०८१, शनिबार

मृतकका परिवारलाई आर्थिक सहयोग

आश्विन १९ २०८१, शनिबार

सिन्धुली, १९ असोज । सङ्घीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

कमलामाई नगरपालिका–९ भीमानस्थित सुके खोलाको बाढीमा ज्यान गुमाएका ४६ वर्षीय कृष्णबहादुर बोगटी र पहिरोमा पुरिएका सुनकोशी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइरालाका अभिभावकलाई रु. दुई लाखका दरले आर्थिक सहयोग गरिएको हो ।

मन्त्रिपरिषद्को हालैको बैठकले मृतकका आफन्तलाई प्रति मृतक रु. दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेबमोजिम उक्त रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए ।