• आश्विन १९ २०८१, शनिबार

पाँचथरमा दुई महिलाको शव फेला

आश्विन १९ २०८१, शनिबार

असोज १९, फिदिम । पाँचथरमा दुई जना महिलाको शव फेला परेको छ । कुम्मायक गाउँपालिका –३ तमोर नदीको बरुम्जे दोभानमा बाढीले बगाएर ल्याएको अवस्थामा एक जना र फिदिम नगरपालिका – १२ भोटेगाउँको सडकमा लडिरहेको अवस्थामा एक जनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता बिनालाल साहका अनुसार फिदिममा भेटिएकी महिला फालेलुङ गाँउपालिका–७ की ५५ वर्षीया देवीमाया रिमाल (तामाङ) को हो । तमोर नदी किनारमा भेटिएको महिलाको पहिचान खुल्न बाँकी छ ।

बाढीले बगाएर ल्याएको अवस्थामा भेटिएको सो शव पहिचानका लागि बाढी पहिरोमा परेर बेपत्ता भएका परिवारलाई खबर गरिएको साहले बताए ।

फालेलुङ – ७ की तामाङ भने असोज १२ गते घरदेखि फिदिम १२ मा रहेको माइती घर जान्छु भनेर हिडेकी थिइन तीनदिनसम्म माइती नपुगेपछि खोजी गर्ने क्रममा उनको शव स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ । दुईवटै शव पोस्टमार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको छ ।