• आश्विन १६ २०८१, बुधबार

अवरुद्ध सडकमा अस्थायी वैकल्पिक व्यवस्था गर्न कांग्रेसको आग्रह

आश्विन १५ २०८१, मंगलवार

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसले अवरुद्ध सडकहरुको मर्मत गरी अस्थायी वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्ने भएकाले अवरुद्ध सडकहरुको मर्मत संभारको कार्य तीव्रता दिन सरकारसँग आग्रह गरेको हो ।

यस्तै हवाइ मार्गमा पर्ने चापलाई ध्यानमा राखेर भाडादर न्यूनतम कायम राख्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ । संसदीय दलको बैठकले इजरायलरलेबनान बीच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपालीहरु पनि जोखिममा रहेका हुँदा इच्छुकलाई सकुशल स्वेदश फिर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।