• मंसिर १४ २०८१, शुक्रबार

अखिल क्रान्तिकारीको व्यवहारप्रति लेखनाथको असन्तुष्टि

आश्विन १५ २०८१, मंगलवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बौद्धिक नेता एवं अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले पछिल्लो समय सङ्गठनभित्र डनवाद र धनवाद मौलाएकोमा असन्तुष्टि जनाएका छन् । उमेर हद लगाउने कि लगाउने विषयमा सोमबार क्रान्तिकारीका दुई पक्षबिच भिडन्त भएको थियो । सोही भिडन्तप्रति सङ्केत गर्दै उनले मंगलबार सामाजिक सञ्जालबाट असन्तुष्टि पोखेका हुन् ।

विगतमा अध्यक्षका लागि कुनै लालसा र नेताहरूको घर दैलो नचाहरी अध्यक्षको जिम्मेवारी पाएको स्मरण गर्दै उनले आफूले आफैलाई अब्बल राजा घोषणा गरेको व्यवहारबाट मन खिन्न भएको उल्लेख गरेका छन् ।
ब‘अध्यक्ष बनाउने निर्णय भएछ क्यारे भन्ने लाग्यो । आवश्यकतालाई सम्बोधन गर्ने निर्णय र जिम्मेवारी होला भन्ठानेर एक वाक्य हुन्छ वा हुँदैन नभनी 0६0असारमा जिम्मेवारी लिएको त्यो अवस्था । तर आज संस्कार, अभ्यास र मूल्य पुरै भत्किए जस्तो, उपभोक्तावाद, डन र धनवाद मौलाए जस्तो । आफैले आफैलाई अब्बल राजा घोषणा गरेको र व्यवहार प्रस्तुत गरेको दृश्यले खिन्नताभित्र भिन्न अनुभूति भएकै छ’, उनले फेसबुकमा लेखेका छन् ।