• आश्विन १४ २०८१, सोमबार

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

आश्विन १४ २०८१, सोमबार

बुटवल । लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका हुन् ।
१५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि घोषणा गरिएको उनले बताए ।

लुम्बिनीमा आर्थिक वर्ष २०८०र८१ रणनीति अनुसार १६ देखि ५( महिनाका १३) शून्य डोजका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ ।

लुम्बिनीमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा लुम्बिनीका स्वास्थ्य मन्त्री खेम सारू लगायत स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहभागिता थियो ।

बालबालिकाहरूमा क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापनिज इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखाला विरुद्धका खोप उपलब्ध गराउँदै आइएको छ ।