• आश्विन १४ २०८१, सोमबार

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई चितवनको कलेज अफ मेडिकल साइन्समा उपचार गर्दा २० प्रतिशतसम्म छुट

आश्विन १४ २०८१, सोमबार

असोज १४, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका– १० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँकबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा आइतबार प्रभु बैँकका बागमती प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र कलेज अफ मेडिकल साइन्सका एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्समा प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउनेछन् । कलेज अफ मेडिकल साइन्समा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआईबाहेक सम्पूर्ण सेवाका, एक्सरे र अल्ट्रासाउन्डमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूले कलेज अफ मेडिकल साइन्सको सुविधा तथा सेवा प्राप्त गर्नका निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्नेछ ।

तर, यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारका सदस्यका लागि नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्नेछ ।