• आश्विन १४ २०८१, सोमबार

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

आश्विन १४ २०८१, सोमबार

१४ असोज, मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौँडा ल्याइएको छ । शनिबार सिस्नेरीस्थित टेकरमा पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै आएका ३ जना विद्यार्थीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा हेटौँडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मी रहेका छन् । उनीहरूको शव हेलिकप्टरबाट हेटौँडा स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइएको थियो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । हेटौँडाको हुप्रा चउरमा तीनवटै शव राखेर श्रद्धाञ्जली सभा गरिएको हो ।