• आश्विन १३ २०८१, आईतवार

दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो

आश्विन १३ २०८१, आईतवार

भारतको दिल्लीमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो ।

उनी सहकारी ठगीमा पक्राउ परेका हुन् । उनीसँगै सोही सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ ।

उनीहरूमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।