• आश्विन १३ २०८१, आईतवार

पहिरोका पूर्व संकेतहरू कसरी थाहा पाउने?

आश्विन १३ २०८१, आईतवार

पहिरोका पूर्व संकेतहरू यसरी थाहा पाउन सकिन्छ ।

– प्रायः सुक्खा रहने भिरालो जमिन पानी नपर्दैरसाउनु ।
– जमिन भुक्क फुल्नु, भासिनु, चिरा पर्नु, धाँजाफाट्नु ।
–जमिनमा पहिलेदेखि नै रहेको चिरा वा धाँजाफराकिलो हुँदै जानु ।
–रुख, बिजुलीको पोल वा घरका खाँबा ढल्किनु ।
– घरको भित्ता, पर्खालमा चिरा देखिनु र बढ्दैजानु ।
– घरका झ्याल ढोका बाङ्गिनु र खोल्न गाह्रो हुनु ।
–जरुवा पानीको मूल सुक्नु, वा जमिनभित्रबाटपलाउने पानी धमिलो हुनु ।
– रुख ढल्दै, ढुङ्गा–माटो सोहोरिँदै आएको जस्तोआवाज आउनु ।
– जमिन मुनिबाट चट्टान फुटेकोजस्तो कट्कट्आवाज आउनु ।जमिन थर्केको जस्तो हुनु ।