• आश्विन १३ २०८१, आईतवार

झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला

आश्विन १३ २०८१, आईतवार

१३ असोज, काठमाडौँ । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि भएको छ । उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ ।

गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा एक बस सम्पर्कविहीन भएको थियो । झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको हो ।

बसको केही भाग मात्र देखिएपछि थप खोजी गर्दा गोरखाबाट काठमाडौँ जाने क्रममा बेपत्ता भएको बस रहेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी चूडानिधि तिवारीले जानकारी दिए ।