• आश्विन १२ २०८१, शनिबार

काठमाडौंमा बाढी-पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३२ पुग्याे

आश्विन १२ २०८१, शनिबार

काठमाडौं । काठमाडौं उपत्यकामा बाढी-पहिरोले ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार मृतकको संख्या ३२ पुगेको हो।

काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी जम्मा ३२ जनाको मृत्यु भएको एसएसपी घिमिरेले बताए। यो अपडेट १स्५५ बजेसम्मको हो।
यस्तै, काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते छन्। बाढी-पहिरोमा फसेका काठमाडौंका ५८९ जना, ललितपुरका ४१६ जना र भक्तपुरमा ४८ जना गरी १०५३ जनाको उद्धार भएको एसएसपी घिमिरेले जानकारी दिए।

त्यस्तै काठमाडौंमा एक जना र ललितपुरमा ११ जना बेपत्ता छन्। अहिले काठमाडौं उपत्यकामा मात्रै साढे ४ हजार बढी सुरक्षाकर्मी परिचालन छन्।