• आश्विन १२ २०८१, शनिबार

आज असोज १२ गते शनिबार: यस्तो छ तपाईंको राशिफल

आश्विन १२ २०८१, शनिबार

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साँझमा भने अधिक धन खर्च भने हुन सक्छ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ, तर आफन्तको साथ मिल्नेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्नेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय छ । आफन्तबाट सहयोग पनि मिल्न सक्छ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारको लगानी भने कमजोर रहला ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्न सक्छ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ । -हाम्रो पात्रो