• आश्विन १२ २०८१, शनिबार

कुलेश्वरको फलफूल गोदाममा पस्यो बागमतीको बाढी (तस्वीरहरू)

आश्विन ११ २०८१, शुक्रबार

११ असोज, काठमाडौं । बागमती नदी किनाराका बल्खु, कुलेश्वरलगायत क्षेत्रका घर, गोदाममा बाढी पसेको छ । बागमती नदीमा आएको बाढी कुलेश्वरमा रहेको फलफूल गोदाममा पसेको हो । बाढी गोदाममा पसेपछि फलफूल बेच्ने व्यापारीहरू प्रभावित भएका छन् । उनीहरूले फलफूल गोदाममा बन्द गर्नु परेको छ । बाढी रोड भएरै बग्न थालेपछि सर्वसाधारणलाई रातिको समयमा हिड्न समेत सकस परेको छ ।

देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौं उपत्यकामा पनि भारी वर्षा भइरहेको छ् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर उपत्यकाभित्रका नदीहरूमा जलसतहले खतराको तह पार गरेको बताएको छ। प्रशासकीय अधिकृत सन्देश अधिकारीले शुक्रबार अपराह्न निकालेको सूचनामा नदीहरूको बहाब अझै बढ्ने सम्भावना रहेको उल्लेख छ ।

साथै जल तथा मौमस विज्ञान विभागले बागमती नदी, खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु,विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा सतर्कता सतह पार गरेको हुँदा नदी तटीय क्षेत्रहरुमा यात्रा गर्ने र रहनेहरूलाई रातिसम्म सतर्कता रहन अनुरोध गरेको छ ।