• आश्विन १२ २०८१, शनिबार

जलेश्वरको एक टेन्ट हाउसमा आगलागी हुँदा १२ लाखको क्षति

आश्विन ११ २०८१, शुक्रबार

११ असोज, जनकपुरधाम । महोत्तरीको जलेश्वरमा एक टेन्ट हाउसमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । जलेश्वर नगरपालिका २ दुर्गाचोकस्थित अरविन्द साहको टेन्ट हाउसमा शुक्रबा दिउँसो आगलागी हुँदा मालसमान जलेर नष्ट भएको छ । टेन्टको सामान लागयतको सरसमान जलेर १२ लाखको क्षति भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।

उनका अनुसार अचानक टेन्ट हाउसमा आगलागी भएको थियो । त्यस क्रममा भित्र राखेको ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी नियन्त्रण बाहिर गएको थियो । जलेश्वर, मटिहानी र रामगोपालपुर नगरपालिकाको बरूणयन्त्र तथा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।