• आश्विन ११ २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटघाट

आश्विन ११ २०८१, शुक्रबार

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटघाट भएको छ ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओली र जो बाइडेनबीच भेटघाट भएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीसँगै र प्रथम महिला राधिका शाक्य पनि सहभागी थिइन् ।

प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।