• आश्विन ११ २०८१, शुक्रबार

शोधनान्तर स्थिति साउनमै ४० अर्ब ९० करोड बचतमा, चालु खाताको अवस्था के ?

आश्विन १० २०८१, बिहीबार

१० असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो महिना (साउन) मै शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको पाइएको छ । आयात केही घट्नु, रेमिट्यान्स आप्रवाह उच्च वृद्धि लगायत कारण साउनमा शोधनान्तर स्थिति र चालु खाता बचतमा रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष साउनमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति ३० करोड ५१ लाखले बचतमा छ ।

अघिल्लो वर्ष साउनमा २७ करोड ६३ लाखले बचतमा थियो । साउनमा चालु खाता ३० अर्ब ८९ करोड बचतमा छ । अघिल्लो वर्ष सोही महिना चालु खाता १३ अर्ब ३७ करोडमात्र बचतमा थियो । अमेरिकी डलरमा २३ करोड ४ लाखले सेवा खाता बचतमा रहेको छ । साउन महिना खुद पूँजीगत ट्रान्सफर २२ करोड ३२ लाख देखिएको छ । प्रत्यक्ष वैदेशिक पूँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख थियो । अघिल्लो वर्ष साउनमा खुद पूँजीगत ट्रान्सफर २७ करोड ३६ लाख र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २ खर्ब ६५ करोड थियो ।