• मंसिर १४ २०८१, शुक्रबार

विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउन निषेध

आश्विन १० २०८१, बिहीबार

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको छ ।

उड्डयन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा हवाई सुरक्षामा गम्भीर असर पुग्ने भन्दै चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको हो । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो । यदि कसैले यो सूचनाको अवज्ञा गरे/गराएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने उड्डयन कार्यालयले जनाएको छ ।