• आश्विन ९ २०८१, बुधबार

९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण, २१ जना अस्पताल भर्ना

आश्विन ९ २०८१, बुधबार

९ असोज, काठमाडौँ । साउनयता देशभरका नौ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका छन् ।

ललितपुर ५४ जना, काठमाडौँका १२ जना, कैलालीका ८ जना, प्युठानका २ जनालाई हैजा सङ्क्रमण देखिएको छ । यस्तै, मकवानपुरका १ जनामा, रोल्पाका ४ जनामा र सिन्धुपाल्चोकका १ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै अछामका १ जनामा, रौतहटका १२ जनालाई हैजा पुष्टि भएको छ ।