• मंसिर १४ २०८१, शुक्रबार

पोखरामा सहकारीपीडित र रवि समर्थक आमनेसामने, दुई पक्षको नाराबाजी

आश्विन ७ २०८१, सोमबार

असोज ७, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा सोमबार बिहानैदेखि पोखराको सडक तातेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि सहकारीका पीडित बचतकर्ता र रास्वपाका नेतारकार्यकर्याले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

सहकारीपीडितले रास्वपा सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् । त्यस्तै लामिछाने पक्षधरले सहकारीपीडितलाई ‘परिचालित’ भनेका छन् ।

रास्वपाका नेतारकार्यकर्ताले ‘फशिष्ट सरकार मुर्दावाद’, ‘सहकारीपीडितलाई न्याय देऊ’जस्ता प्लेकार्ड पनि बोकेका छन् । दुई पक्षबीच झडप हुने अनुमानसहित बाक्लो संख्यामा उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ