• आश्विन ८ २०८१, मंगलवार

दाँत चाढै कम्जोर हुनुका कारण

आश्विन ७ २०८१, सोमबार

१) समस्या तत्कालै भुल्नु – कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ। फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई फलो गर्नुस्। गिजाको शल्यक्रियाजस्तो स्थितिमा घाउ भरिन र पूरै सामान्य हुन समय लाग्छ, त्यसैले नियमित फलोअप गर्नुहोस्।

२) आफूलाई भएका सबै समस्या नभन्नु – दाँतको उपचार गर्नुपूर्व पहिले कस्तो रोगमा कस्तो उपचार गर्नुभएको थियो भनेर सबै विवरण भन्नुस्। कुन औषधि कति लामो समयदेखि खाइरहनुभएको छ, कुन औषधिले एलर्जी भएको छ, सबै बताउनुस्। शरीरका अन्य भागको समस्या बताउँदा दाँतको उपचारमा पनि लाभकारी हुन सक्छ।

३)हतारहतार दाँत मोल्नु – प्रायजसो मानिसहरु दाँतको सफाईमा समय दिँन झन्झट मान्छन्। हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ। त्यसैले दाँतलाई स्वस्थ बनाउँन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ। नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ। मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ। ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ।

४) जंकफुड बढी खानु – बजारमा उपलब्ध कयौं खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन्। बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थ पिउनाले दाँतलाई हानी गर्छन्। यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पुर्‍याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ। यस्तै, अधिकमात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ। यी चिज कम खानुपर्छ। यदि बालबालिकाले बढी जिद्दी गर्छन् भने सातामा एकपटकमात्र यस्ता पदार्थ दिने बानी बसाउनुस्। यस्तो चिज खान दिनेबित्तिकै ब्रस गराउन नभुल्नुस्।

५) सुर्तीजन्य पदार्थ बढी सेवन गर्नु – चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थले गिजामा हानी गर्छ। दाँत पहेलो, कालो भएर बिग्रन्छ।