• मंसिर १४ २०८१, शुक्रबार

झापामा दुर्गा प्रसाईका समर्थकको नाराबाजी,दुई सवारीसाधन जलाए

आश्विन ७ २०८१, सोमबार

काठमाडौं । मेडिकल व्यसायी दुर्गा प्रसाईका समर्थकले झापामा दुईवटा सवारीसाधनमा आगो लगाएका छन् ।

काठमाडौं जिल्ला अदालतले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसंगै उनका समर्थकले नाराबाजी गर्दै झापाको विर्तामोडमा दुई वटा सवारीसाधनमा आगो लगाएका हुन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईँलाई साइबर अपराधको कसुरमा आइतबार पक्राउ गरेर अदालतमा पेश गरिएको थियो ।

आगो लगाइएको सवारी साधन भारतबाट आएको बताइएको छ । यसबारे वृस्तित विवरण आउन बाकी छ ।