• आश्विन ५ २०८१, शनिबार

कमजोरी स्वीकार्नुको साटो रवि लामिछानेले क्लिन चिटको हल्ला फैलाउँदैछन् : शंकर पोखरेल

आश्विन ५ २०८१, शनिबार

असोज ५, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नुको साटो उल्टै क्लिन चिट पाएको हल्ला गर्नु जायज नभएको बताएका छन् ।

शनिबार बिहान प्रेस चौचारी नेपाल, दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभावित पार्ने गरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन् ।

‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले । सहकारीको रकम असुरक्षित गर्नेहरूलाई दण्डित गरिनुपर्छ । सहकारीको सदस्य नरहेका व्यक्ति र कम्पनीलाई लगानी गर्न मिल्दैन,’ उनले भने, ‘अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टि भयो । बिना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो ।