• आश्विन ४ २०८१, शुक्रबार

सुत्नुअघि पानी पिउनु कतिको उचित?

आश्विन ४ २०८१, शुक्रबार

सुत्नुअघि पानी पिउनाले शरीर पक्कै पनि हाइड्रेटेड रहन्छ ।

शरीरको तापक्रम पनि पूर्ण सन्तुलनमा रहन्छ । माइग्रेन र टाउको दुख्ने समस्यामा पनि राहत मिल्छ । तर यो विधि स्वास्थ्यका लागि सही मानिँदैन । सुत्नुअघि पानी पिउनुभयो भने राति अबेरसम्म पिसाब आउने हुन्छ । र यसले तपाईंको निद्रामा पनि बाधा पु¥याउन सक्छ । जसका कारण यो शरीरका लागि राम्रो होइन । ८ घन्टाको निद्रा कुनै पनि मानिसका लागि निकै महत्वपूर्ण हुन्छ । निद्राको कमीका कारण तपाईको उत्पादकता घट्छ र तपाई डिप्रेसनको सिकार पनि बन्न सक्नुहुन्छ । यस बाहेक अरु धेरै बेफाइदाहरु पनि हुन सक्छन् । २०१९ को एक अध्ययन अनुसार, रातमा ६ घण्टा भन्दा कम सुत्ने वयस्कहरूलाई स्ट्रोक वा हृदयघातको जोखिम बढेको छ । तपाईंको निद्रामा उमेरले महत्त्वपूर्ण भूमिका खेल्छ ।