• आश्विन ४ २०८१, शुक्रबार

आगलागी हुदा ४ लाख नगद जल्यो

आश्विन ३ २०८१, बिहीबार

रोल्पाको थबाङ गाउँपालिकाको एक गोठमा आगलागी भएको छ । आगलागी बाट ४ लाख नगद जलेको छ, भने गोठको आधा भाग जलेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मानवीय क्षति भएको छैन । विहिबार (हिजो) दिँउसो साढे १ बजेको समयमा गाउँपालिकाको वडा नं। ४ स्थित पूर्ण बहादुर रोका मगरको गोठमा आगलागि भएको थियो ।

आगलागिबाट नगद ४ लाख सहित गोठमा राखिएको भाडावर्तन, लत्ताकपडा, भेडाको उन, सोलार प्यानल २ थान र अन्नपात गरि ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ ।इलाका प्रहरी कार्यालय उवाका प्रहरी टोली र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन् ।