असोज ३, काठमाडौं । सर्वसाधारणका लागि धरहरा खुलेको छ । संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुलाइएको छ । तत्कालका लागि धरहरा प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।
२०७२ बैशाख १२ को भूकम्पका कारण ढलेको धरहरा ९ वर्षपछि सर्वसाधारणका लागि खुलेको हो । २०७२ मा ढलेको धरहराकै छेउमा नयाँ धरहरा बनाइएको छ ।
हालसम्म धरहराको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा धरहरा निर्माण सुरु गरिएको थियो । अहिले पुनः उनी नै प्रधानमन्त्री हुँदा सर्वसाधारणका लागि धरहरा खुलाइएको हो ।