• आश्विन ३ २०८१, बिहीबार

यूपीमा पटका गोदाममा विस्फोट, चार जनाको मृत्यु

आश्विन १ २०८१, मंगलवार

नयाँ दिल्ली । उत्तर प्रदेशको फिरोजाबादमा सोमबार राति पटाकाको गोदाममा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

यो घटना फिरोजाबादको नौशेरा क्षेत्रमा भएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । पटाका गोदाम एउटा घरमा थियो । घटनास्थलमा अहिले पनि राहत र उद्धार कार्य जारी छ ।

‘सोमबार राति करिब ११ बजे विस्फोट भएको थियो । अहिलेसम्म ६ जनाको उद्धार गरिएको छ,’ फिरोजाबादका अतिरिक्त एसपी अखिलेश भदौरियाले बीबीसी हिन्दीलाई घटनाको जानकारी दिँदै भने ।
हालसम्म उक्त दुर्घटनामा तीन वर्षीय बालकसहित चार जनाको मृत्यु भएको बताइएको छ । उद्धारका लागि एसडीआरएफ एकाइ तैनाथ गरिएको छ ।