• मंसिर १५ २०८१, शनिबार

कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा, भन्यो- बहिर्गमनको बाटो रोज्नु नै उत्तम

भाद्र २६ २०८१, बुधबार

काठमाडाैँ। सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ ।

बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले उपसभामुख रानाले मुलुकको शीर झुकाउने काम गरेकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख रानाले अविश्वास प्रस्तावको सामना गर्नुअघि नै बहिर्गमनको बाटो रोज्नु उचित हुने बताए ।

ुउपसभामुखले गर्न नहुने र राष्ट्रको शीर झुकाउने काम गर्नुभएको छ । यसले संसदलाई नै अपमानित गरेको छ,ु प्रमुख सचेतक घिमिरेले भने । बैठकले उपसभामुख रानाको विषय संवेदनशील भएकाले अन्य दलसँग पनि यसबारे छलफल गर्ने निष्कर्ष पनि निकालेको प्रमुख सचेतक घिमिरेले बताए ।

उपसभामुख रानाले २६ फेब्रुअरी २०२३ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा असम्बन्धित व्यक्तिलाई सहभागी गराउन भिसाका लागि अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई उपसभामुख मगरले पत्र पठाएकी थिइन् ।

सत्तारुढ दलहरू उपसभामुख मगरलाई हटाउन संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा पनि जुटेका छन् ।