काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकतन्त्रमा प्रश्न उठाउन पाइने र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेका बेला राजीनामा गरेको बताए ।
उनले भने,‘बालबालिका वा अन्य मान्छेहरू अमेरिका पठाउने सन्दर्भमा उपसभामुखबारे प्रश्न उठ्यो । केही साथीहरूले उहाँको बारेमा प्रश्न उठाउन हुँदैन, लोकतन्त्रको चीरहरण हुन्छ भन्नुभयो, तर मेरो सामान्य ज्ञानले के भन्छ भने, सबैमाथि प्रश्न उठाउन पाइन्छ र जसलाई नैतिकताको कसीमा जाँचिनु छ भने त्यसलाई चुनौती दिन, अरूलाई गलत प्रमाणित पनि लोकतन्त्रमा कानुनीराजमा हुन्छ । मेरो
उपसभामुखलाई सामान्य सुझाव छ, संसदमा पटक पटक प्रश्न उठेपछि जवाफ दिनुपर्छ । ममाथि प्रश्न उठेपछि मैले पदबाट राजीनामा गरेको थिएँ । दोषी भए प्रमाणित गरियोस्, गल्ती भएका तत्थयका आधारमा कारबाही गरियोस् ।’
उनले राजनीतिक मान्छेसँग यति आट र साहस हुनुपर्ने बताए । यति धेरै प्रश्न उठेपछि पदबाट राजीनामा गर्नुपर्ने उनले बताए ।