• जेष्ठ १ २०८३, शुक्रबार

डेंगु संक्रमणबाट एकजनाको मृत्यु

भाद्र १७ २०८१, सोमबार

चितवन । चितवनमा डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गत शनिबार भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए ।

उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका छन् ।