• जेष्ठ १ २०८३, शुक्रबार

नेकपा  एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे सर्वसम्मत निर्वाचित

भाद्र ११ २०८१, मंगलवार

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

मंगलबार बिहान वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा पाण्डेसँगै बस्नेतले पनि उम्मेदवारी दिएका थिए ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्वाचित भएको औपचारिक रूपमा निर्वाचन समितिले घोषणा भने गर्न बाँकी छ ।