• जेष्ठ १ २०८३, शुक्रबार

आइफोन माग्दै किशोर भोक हडतालमा बसेपछि‌‍‍‍‌‌‍‍‍‍‍‌‌‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍… ‍‍‍

भाद्र ११ २०८१, मंगलवार

नयाँ दिल्ली । आइफोन प्रति मान्छेको क्रेज पत्याउनै नसक्ने खालको छ । आइफोन किन्न आफ्नो किड्नी बेचेको खबरहरू पनि हामीले सुनेका छौं । भारतमा एक जना किशोरले आइफोनका लागि भोक हडताल गरेका छन् ।‍‍‍‍‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

आमालाई आइफोन किन्न दबाब दिनका लागि किशोर तीन दिन भोक हडतालमा बसेका हुन् । स्मार्टफोन किन्न गएको पसलका मालिकले एउटा छोटो भिडियो खिचेपछि गएको हप्ता ती किशोर भाइरल भएका थिए ।भिडियोमा किशोरले आइफोन किनाउन आमालाई दबाब दिन आफूले तीन दिनसम्म भोक हडतालमा बसेको स्वीकार गरेका थिए । किशोरका आमाले जीवन गुजाराका लागि मन्दिर बाहिर फुल बेच्ने काम गर्थिन् ।

भिडियोमा किशोरको आमालाई पनि देखाइएको छ । यो भिडियोलाई लाखौं पटक हेरिएको छ । तीन दिनसम्म छोराले केही नखाएपछि माया लागेर फोन किन्न पैसा दिएको ती महिलाले भिडियोमा भनेकी छिन् । आइफोन पाएपछि छोराले खान थाल्नेछ भन्ने खुसी भएपनि उसले कमाएर पैसा तिरोस् भन्ने आमाको चाहाना थियो ।

किशोरले आमाप्रति देखाएको रवैया हेरेर सामाजिक सञ्जालमा धेरैले उनको आलोचना गरेका छन् । आमालाई वित्तीय र भावनात्मक रूपमा लुटेको आरोप धेरैको छ । बाँच्नको लागि फूल बेच्छिन् र सक्दिनन् भन्ने थाहा पाउँदा पाउँदै पनि आइफोन किन्न दबाब दिएको देखेर धेरैले किशोरको संवेदनहीनताप्रति प्रश्न उठाएका छन् ।