• श्रावण ३० २०८३, शनिबार

झपामा १६ वर्षकी बालिकामाथि सामूहिक बलात्कार

भाद्र ९ २०८१, आईतवार

काठमाडौं । झापाकी एक जना १६ वर्षीया बालिकामाथि होटलका मालिक र कामदारहरुले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशीसहित ६ जनालाई पक्राउ गरिएको हो । घटनामा संलग्न एक जना फरार रहेको केसीले बताए ।

अर्जुनधाराको हाट र होटलमा पुर्याएर बालिकामाथि बलात्कार भएको हो । सोही अभियोगमा होटल सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई , अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका हुन् । समूहका एक जना फरार छन् ।

‘पहिले हाट लाग्ने ठाउँमा जबरजस्ती करणी गरेको र त्यसपछि होटलमा पुर्याएर पनि जबरजस्ती गरेको पीडित बालिकाको उजुरीमा उल्लेख छ’, प्रहरीले भनेको छ ‘पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । अभियुक्तहरुलाई आइतबार म्याद थप हुँदैछ ।’