• जेष्ठ १ २०८३, शुक्रबार

हलेसीबाट काठमाडौं आइरहेको कार सुनकोशीमा खस्यो, के छ यात्रुको अवस्था ?

भाद्र ८ २०८१, शनिबार

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, बेलटारस्थित सडकबाट एउटा निजी कार सुनकोसी नदीमा खसेको छ । कारमा सवारमध्ये एक घाइतेलाई उद्धार गरी उपचारका निम्ति खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको उक्त कार शनिबार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।