शुक्रबार, भदौ ७, तनहुँको आबुँखैरेनीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा मृतकको संख्या २१ पुगेको छ । दुर्घटनामा २२ जना घाइते भएका र उनीहरूमध्ये १४ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनास्थलबाट २१ जनाको शव निकालिएको र घाइतेहरूलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ । २२ जना घाइतेलाई आबुँखैरेनी अस्पताल पठाएकोमा उनीहरूमध्ये १२ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।