तनहुँको आँबुखैरेनीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना भएको छ ।
आँबुखैरेनीनजिकै ऐना पहराबाट भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खसेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार बसमा ३५ भन्दा बढी यात्रु सवार थिए ।
‘म अहिले घटनास्थलमै छु । पर्यटक हुन् भन्ने प्रारम्भिक जानकारी आएको छ । थप कुरा भन्न सक्ने अवस्था छैन । घाइतेको उद्धार गरिरहेका छौँ,’ उनले भने । घटनाबारे थप विवरण आउन बाँकी छ ।