खुट्टा दुख्ने कारण यस्ता छन्ः
अग्लो हिल भएको जुत्ता
खुट्टा दुख्नुको प्रमुख कारणमध्ये अग्लो हिल भएको जुत्ताको प्रयोग पनि एक हो । २ं५ इन्चभन्दा बढी हिल भएको जुत्ताले पैंतालामा अधिक दबाव सिर्जना गरी पैैंतालाको आकारलाई साँघुरो बनाइदिन्छ, जसले गर्दा पीडा हुन्छ ।हिल जुत्ताको प्रयोगले खुट्टा पोल्ने, मर्कने जस्ता समस्या बढाउँछ ।
गर्भावस्था
गर्भवती भएको बेला बान्ता हुने, ढाड दुख्ने जस्तै खुट्टा दुख्ने समस्या पनि हुन्छ । बढ्दो तौलका कारण गर्भावस्थामा खुट्टामा बढी भार पर्ने गर्छ, जसले गर्दा खुट्टा दुख्ने र थाक्ने समस्या हुन्छ ।
यस्तो बेला बढ्दो तौलकै कारण घुँडा र पैंतालामा बढी दबाव हुन्छ । यस्तो समस्या गर्भावस्थाको तेस्रो महिनादेखि सुरु हुन्छ । बच्चाको जन्मसँगै दुखाइ हराउँछ ।
खुट्टाको नङ बढ्नु
खुट्टाको नङ बढ्दा पनि पैंतालामा बेलाबखत समस्या बढ्ने गर्छ । नङ बढेर औंलाको छेउछाउमा गढेमा नङछुरी भएर दुखाइ बढ्छ । यसैले तपाईंले बेलाबेलामा नङ काट्न ध्यान दिनुपर्ने हुन्छ ।कसिलो जुत्ताको प्रयोगले पनि नङछुरी भएर खुट्टामा जलन हुन्छ ।
लामो समयसम्म उभिनु
कामको दौरान लामो समयसम्म उभिइरहँदा खुट्टामा पीडा तथा सुजन उत्पन्न गराउँछ ।
चौडा पैताला
चौडा पैंताला जन्मजात हुने समस्या हो । त्यस्ता मानिसलाई खुट्टा दुख्ने समस्या हुनु सामान्य मानिन्छ । यस्तो समस्या अग्लो हिल प्रयोग गर्ने तथा लामो समयसम्म उभिने मानिसहरुमा पनि देखिने गर्छ ।