• जेष्ठ १ २०८३, शुक्रबार

नेपाली सेनामा जागिर खुल्यो, २८० जना अधिकृत क्याडेटको माग

भाद्र ७ २०८१, शुक्रबार

काठमाडौँ ।  नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ।

सेनाले रिक्त अधिकृत  (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

माग अनुसार सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका  लागि १४ वटा सिट छुट्याइएको छ। खुलातर्फ १४७, महिला २४, आदिवासी-जनजाति ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग गरिएको छ।

भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।

फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू.दशको टिकट टाँसी दरखास्त पेस गर्न आव्हान गरिएको छ ।  आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।