• जेष्ठ १ २०८३, शुक्रबार

भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न हुन्न: रवि लामिछाने

भाद्र ६ २०८१, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न नहुने बताएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सभापति लामिछानेले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने कुरामा आफूहरू सहमत हुन नसक्ने बताएका हुन् ।

‘टेलिफोनमा २ हजाभन्दा बढी कल आएको छ । सामाजिक सञ्जालमा भिडियो बनाइएको रहेछ । भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद बारेमा छलफल हुँदै रहेछ, समितिमा यो(यो सांसद छन् भन्ने रहेछ,’ उनले भने । भ्रष्टाचारमा हदम्याद हुनु हुँदैन भनेर अभियान चलाएका युवाहरूलाई उनले धन्यवाद दिए ।

‘नो इफ, नो बट हाम्रो कुरा क्लियर कट छ, भ्रष्टाचारमा हदम्याद हुनु हुँदैन,’ उनले भने । नीतिगत भ्रष्टाचार भनेर मन्त्रिपरिषद्मा लगेर निर्णय हुने भएकाले परिभाषित हुनुपर्ने उनको भनाइ छ ।