काठमाडाैँ । ललितपुरको बंगलामुखी मन्दिर नजिकैको एक घरमा आगलागी भएको छ । आज बिहान उक्त घटना भएको हो । बिहान करिब ९ बजेतिर आगलागी सुरु भएको हो ।
ललितपुर महानगरपालिका, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । काठमाडौं महानगरपालिकाको दमकल पनि लगिएको थियो ।घरको तेस्रो तलामा आगलागी भएको हो । उक्त घरको भुइँतलामा मेडिकल र खाजा पसलहरू थिए । आगलागीले भएको क्षतिको विवरण आउन बाँकी छ ।