• जेष्ठ १ २०८३, शुक्रबार

स्वरुप परिवर्तन गर्ने र चर्को आवाज निकाल्ने १४९ मोटरसाईकल नियन्त्रणमा

भाद्र ३ २०८१, सोमबार

कास्की । स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा सवारी दुर्घटना निम्त्याउन सक्ने १४९ ओटा मोटरसाईकल प्रहरीको नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन गर्ने र चर्को आवाज निकाल्ने १४९ मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

५ पटक भन्दा बढी सवारी मोडिफाईड गरी सवारी नियम उल्लंघन गर्ने सवारी धनिहरुलाई सार्वजनिक शान्ति विरुद्दको कसुरमा मुद्दा चलाउने र पहिलो पटक कारबाहीमा परेका सवारी धनिहरुलाई भने सामान्य जरीवाना गरी छाडिने कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले बताउनु भयो