• जेष्ठ १ २०८३, शुक्रबार

बाँकेमा दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ

भाद्र २ २०८१, आईतवार

काठमाडौं । खुकुरी प्रहार गरेको अभियोगमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडाध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् । एमालेबाट वडाध्यक्ष निर्वाचित भएका उनी गुण्डा नाइके चक्रे मिलन समूहसँग नजिक छन् ।

बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा सोधपुछका लागि पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइतेलाई उपचारका लागि भारतको लखनऊ लगिएको छ ।

सामान्य विवादमा वडाध्यक्ष वलीसहित करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । कांग्रेस बहुल क्षेत्र भए पनि उनी एमालेबाट निर्वाचित भएका हुन् ।