काठमाडौं । काठमाडाै महानगरपालिका–६ कपनको सरस्वतीनगरमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन् । उद्दवराज हमालको कोठामा जुवातास खेलिरहेका ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नगद ३९ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।