• मंसिर १२ २०८१, बुधबार

परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमणमा जाँदै

भाद्र २ २०८१, आईतवार

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा आज भारत भ्रमणमा जाँदै छिन् ।

भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो । भ्रमणमा राणासँगै परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनका भृगु ढुंगाना पनि जाने छन् ।

भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।