• मंसिर ११ २०८१, मंगलवार

दीर्घरोगीले तीजको दरमा के खाने,के नखाने?

श्रावण ३२ २०८१, शुक्रबार

दीर्घरोगीले तीजको दर खाँदा  विशेष ध्यान दिनुपर्छ जस्तैः

-उच्च रक्तचाप भएका बिरामीले दरका परिकार खाँदा रातो मासु खानै हुँदैन । मासु खानै मन लागेमा सेतो मासु खानुपर्छ । माछा पनि तेलमा तारेको चिल्लो छ भने खान हुँदैन । अहिले दरमा मादक पदार्थ पनि खाने चलन छ । तर, उच्च रक्तचाप भएकाले मादक पदार्थ खानुहुँदैन, बरु फलफूलको जुस मिलाएर खायो भने राम्रो हुन्छ । त्यस्तै, गेडागुडी, सागसब्जीले पनि उच्च रक्तचाप भएका बिरामीलाई राम्रो गर्छ ।

 –बोसोयुक्त चिल्लो पदार्थ तथा तेलमा पकाएका खानेकुरा मुटुका बिरामीका लागि हानिकारक छ । धेरै चिल्लो र हाई सुगर भएको, पेय पदार्थ र मिठाई खानुहुँदैन । सिजनेबल फलफूल खाने, अम्बा, स्याउ खाने लोकल फलफूल गेडागुडी खाने गर्नुपर्छ । सागपात खायो भने राम्रो हुन्छ । ग्यास्टिक, अल्सरका बिरामीका लागि पनि बढी चिल्लोयुक्त दर हानिकारक छ ।

-शरीरमा गएर ग्लुकोजको रूपमा परिणत हुने खानेकुरा मधुमेह (सुगर)का बिरामीले खान हुँदैन । धेरै गुलियो हुने फलफूल पनि खान हुँदैन । घिउ, चिनी मिसाएको खानेकुरा त झन् सुगर भएका मान्छेले बन्दै गर्नुपर्छ । बजारमा आएका लड्डु, पेडाजस्ता मिठाईयुक्त खानेकुरा झुक्किएर पनि खान हुँदैन । गुलियो नहुने फलफूल, गेडागुडी, सागसब्जी खाँदा सुगरका रोगीलाई फाइदा गर्छ । दर खान जाँदा सुगरका रोगीले चिनी नहालेका खाने कुरा खाँदा अझ राम्रो हुन्छ ।

-कोलेस्ट्रोल भएका बिरामीले पनि दरका परिकार खाँदा ध्यान पु¥याउनैपर्छ । दर खाँदा सलाद, हरियो सागसब्जी, फलफूल र पानी प्रशस्त खानुपर्छ । चिल्लो पदार्थ खानुहुँदैन । उहाँहरूले अमिलो गेडागुडी, जाँडरक्सी, रातो मासु कम खानुपर्छ । खाँदैनखाने होइन । मिलाएर खानुपर्छ । युरिक एसिड भएपछि खानैहुँदैन भन्ने होइन । टमाटर, चिल्लो कम गर्नुपर्छ ।