• जेष्ठ २ २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

श्रावण ३२ २०८१, शुक्रबार

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेसंगै राति १२ बजेदेखि मूल्य घटेको हो । निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।