काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । वीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ मा बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार अन्य ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार घाइतेहरूलाई सिन्धुली अस्पताल लगिएको छ ।